About

मुलुकको विकास गर्ने कुरा धेरै भए । दिनहु जसो औपचारिक रुपमै दर्जनौं ठाउँमा विकासे गफ र गोष्ठीहरु भईरहेका हुन्छन् ।

आर्थिक विकासका थुप्रै नीति, रणनीति र योजनाहरु बनेका छन् । तर न भनिए जस्तो विकास भएको देखिन्छ न त विकासका नाराहरु नै फलाक्न छाडिएको छ । आखिर किन बनेका योजनाहरुले मूर्तरुप लिन सकेन ? बनेका नीति, रणनीति र योजनाहरु किन प्रभावकारी ढंगले कार्यान्वयन हुन सकेनन् ? यो आम जिज्ञासाको सवाल हो ।

हामी यही सवाललाई साथमा लिएर नेपाली सञ्चार जगत्मा पाइला चालेका छौं । सरकारको खर्च प्रभावकारी रुपमा नहुँदा आर्थिक विकासमा भएका ढिलासुस्ती,वित्तीय प्रणालीमा देखिने गरेका बहुआयामिक असर लगायतका विषलाई हामी उठान गर्नेछौँ ।

साथै आर्थिक विकासका नाममा हुने गरेका भ्रष्टाचार, वेथिती, ढिलासुस्ती, कालाबजारी, कृत्रिम अभाव आदि इत्यादिविरुद्ध आवाज उठाउनु हाम्रो मुख्य ध्येय हो । हामी समस्याको पहिचान र सरोकारवाला निकायको ध्यानाकर्षण मात्रै गर्दैनौं समस्या समाधान नहुञ्जेलसम्म नियमित फलोअप पनि गर्दछौं ।

आर्थिक पारदर्शितादेखि भौतिक संरचनाको विकास विस्तारमा समेत हाम्रो नजर रहने छ । वित्तीय संस्थाहरुको लगानीदेखि शेयर बजारभित्रका चलखेलसम्म,औद्योगिक क्षेत्रको उत्पादनदेखि विकृतिसम्म, भौतिक संरचनाको निर्माण र विस्तारदेखि रणनीति चलखेलसम्मका विषयमा हामी जागा रहन्छौं ।

विश्वका कुनाकुन्दरामा भईरहेका मौलिक विकासको वस्तुस्थितीदेखि आधुनिक आविष्कारका परिवेशलाई समेत हामी जस्ताको तस्तै चित्रण गर्नेछौं ।मुलुकको विकासका लागि क्रियाशिल व्यक्तिहरुको आवाज मात्रै समेट्दैनौं, विकासका नाममा भईरहेका बिनाशतर्पm पनि सचेत बनाउँछौं ।

भाषणमा होइन हामी तथ्य र तथ्यांकमा विश्वास गर्छौं तसर्थ हामी सत्य र तथ्यमा आधारित समाचार सामग्री मात्रै संप्रेषण गर्छौं । सकारात्मक र ऊर्जाशील समाचार संप्रेषण गर्न हामी सदैव तत्पर हुनेछौं । त्यस्तै विकृती, विसंगतीविरुद्ध पनि हाम्रो खबरदारी निरन्तर हुनेछ ।

हरेक समस्याको निकास नै आर्थिक विकास हो तसर्थ यसलाई आत्मसाथ गर्दै अघि बढ्ने प्रण गर्दछौं । हाम्रो यस अभियानमा हातेमालो गर्न पनि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौं ।