नेपाल विकास न्युज संवाददाता
काठमाडौं। तिहार तथा छठ बिदापछि खुलेको सेयर बजारमा सोमबार झिनो अंकले सुधार देखिएको छ ।
सोमबार शेयर बजार १.३९ अंकले बढेर १८५३.४८ विन्दुमा पुगेर रोकिएको छ । सोमबार १ अर्ब ९ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
सबैभन्दा धेरै कारोबार हिमालयन डिस्टिलरीको भएको छ । यो कम्पनीको ७ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।