20.1 C
Kathmandu
 

१७ गतेदेखि देशभर रुट परमिट खुला गरिने

काठमाडौँ । दशैंका लागि सरकारले यहि असोज १७ गतेदेखि देशभर रुट परमिट खुला गर्ने निर्णय गरेको छ । मंगलबार यातायात व्यवस्था विभागमा संबन्धीत सरोकारवालाहरु निकाय विचको बसेको वैठकले यस्तो निर्णय गरेको हो ।

यात्रुवाहक सवारी साधनलाई घटस्थापनादेखि पूर्णिमासम्म देशभर लागु हुने गरी रुट परमिट खुला गरिने छ ।उक्त बैठकले ट्रेलरलगायतका ठुला सवारी साधनहरू असोज १७ गतेदेखि सडकमा रोक लगाउने पनि निर्णय गरेको छ ।

निर्णय भनिएको छ, ‘दसैँ, तिहार र छठ पर्वमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने र उपत्यका भित्रिने यात्रुहरूलाई सहजिकरण गर्न उपत्यकाको नागढुङ्गा, कलंकी, स्वयम्भू, हलचोक, माछापोखरी, नयाँ बसपार्क, चाबहिल, तिलगंगा, कोटेश्वर, जगाति, सातदोवाटो, बल्खु, दक्षिणकाली, सुन्धारा तथा काभ्रेको साँगामा सिप्रदी र नाडाको सहयोग र काठमाडौँ महानगरपालिकाको सहकार्यमा नागरिक सहायता कक्ष स्थापना गरिनेछ ।

Share

spot_img

Latest Updates

Related Articles

आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्र सँगसँगै छौँ -प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार...

रवि लामिछानेलाई सांसद पदबाट निलम्वन गर्न पत्रचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम रास्वपा संसदीय दलका नेता रवि लामिछानेलाई सांसद...

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको...

वैदेशिक व्यापार सुधारोन्मुख

काठमाडौँ । वैदेशिक व्यापारमा विस्तारै सुधार आउन थालेको छ । भन्सार विभागले आइतबार सार्वजनिक...