20.1 C
Kathmandu
 

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पुष पहिलो हप्‍तासम्ममा २ खर्ब २ अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायताको नयाँ प्रतिवद्धता प्राप्‍त भएको हो ।

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा प्राप्‍त प्रतिवद्धता ५९ अर्ब ९८ करोड रुपैयाँको तुलनामा चालु आर्थिक वर्षमा प्राप्‍त प्रतिवद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिनुभयो । प्रवक्ता भट्टराई अनुसार यस अवधिमा वैदेशिक अनुदानको प्रतिवद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋणको प्रतिवद्धता २८०.६ प्रतिशतले बढेको छ ।

त्यसैगरी चालू आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्‍त वैदेशिक सहायता पनि गत वर्षको समान अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ३७ अर्ब ३३ करोड रुपैयाँ समेत जम्मा ४४ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्‍त भई विभिन्न विकास निर्माणका कार्यमा प्रयोग भएको छ ।

Share

spot_img

Latest Updates

Related Articles

आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्र सँगसँगै छौँ -प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार...

रवि लामिछानेलाई सांसद पदबाट निलम्वन गर्न पत्रचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम रास्वपा संसदीय दलका नेता रवि लामिछानेलाई सांसद...

वैदेशिक व्यापार सुधारोन्मुख

काठमाडौँ । वैदेशिक व्यापारमा विस्तारै सुधार आउन थालेको छ । भन्सार विभागले आइतबार सार्वजनिक...

अर्थ मन्त्रालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठनदेखि कन्ट्री क्रेडिट रेटिङसम्म

काठमाडौं।अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ...