काठमाडौँ । बंगलादेशले नेपालबाट ४० मेगावाट विद्युत लैजाने भएको छ ।
बुधबार बंगलादेश सरकारले नेपालबाट ४० मेगावाट विद्युत लैजाने गर्ने निर्णय गरेको हो ।
बंगलादेशले भारतीय ग्रिडमार्फत प्रत्यक्ष खरिद विधिअन्तर्गत विद्युत लैजाने जनाएको छ । गत जेठमा बंगलादेशमा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक
समितिको बैठकमा भारतीय प्रसारण लाइन प्रयोग गरेर नेपालबाट ४० मेगावाट बिजुली आयात गर्न बंगलादेश सहमत भएको थियो । सोही सहमति अनुसार बंगलादेशले नेपालको विद्युत खरिद गर्ने भएको हो ।