20.1 C
Kathmandu
 

प्रधानमन्त्री ओलीबाट होटल लेमन ट्रिको उद्घाटन

काठमाडौँ । प्र्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको बुढानीलकण्ठमा नवनिर्मित पाँचतारे होटल लेमट ट्रि प्रिमियरको आज उद्घाटन गरेका छन् ।

साढे दुई अर्बको लगानीमा पाँच वर्षमा निर्मित सो एक सय दुई श्यैयायुक्त होटलको प्रधानमन्त्री ओलीले शनिबार आयोजित कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

यस होटलले नेपालको समृद्धि र विकासको यात्रामा टेवा दिन सक्ने अपेक्षा व्यक्त गर्दै प्रधानमन्त्री ओेलीले पर्यटनलाई आकर्षित गर्न नेपालमा सुन्दर स्थल र वातावरण रहेको तथा सरकारले पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताए ।

प्रधानन्त्री ओलीले सरकार मुलुकलाई नयाँ ढङ्गले अगाडि बढाउने प्रक्रियामा रहेको र सुशासनसहित छिटो छरितो राज्यका सेवाहरु जनतालाई दिन सरकार अग्रसर रहेको स्पष्ट पारे । “तपार्ईँ व्यवसायीहरुले निर्वाधरुपमा व्यवसायिक काम गर्न सक्नुहुन्छ ।

काम गर्नका लागि कहीँ कतै नजराना बुझाउनु पर्दैन । सरकारी निकायमा हुनुपर्ने कामको फाइल रोकिँदैन । कुन फाइल कहाँ पुगेर किन अड्किएको छ भन्ने ट्रयाकिङ्का लागि हामीले प्रविधि बनाइसकेका छौँ ।”, प्रधानन्त्री ओलीले भनेल “तपाईँहरु पर्यटकलाई सेवा र सत्कार दिने काममा ढुक्कले लाग्नुस् । सरकारले गर्नुपर्ने सहजीकरणमा कमी हुनेछैन ।”

Share

spot_img

Latest Updates

Related Articles

आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्र सँगसँगै छौँ -प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार...

रवि लामिछानेलाई सांसद पदबाट निलम्वन गर्न पत्रचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम रास्वपा संसदीय दलका नेता रवि लामिछानेलाई सांसद...

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको...

वैदेशिक व्यापार सुधारोन्मुख

काठमाडौँ । वैदेशिक व्यापारमा विस्तारै सुधार आउन थालेको छ । भन्सार विभागले आइतबार सार्वजनिक...