18.1 C
Kathmandu
 

कालिन्चोक दर्शनको आइपीओ भर्ने आज अन्दिम दिन

काठमाडौ – कालिन्चोक दर्शन लिमिटेडले निष्काशन गरेको आईपिओमा आवेदन दिने आज माघ ६ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ ३ गतेदेखि सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो ।

कम्पनीले सर्बसाधारणलाई ८ लाख ९६ हजार ४ सय कित्ता सर्बसाधारणलाई निष्काशन गरेको छ । कम्पनीले १ लाख २० हजार कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई १ लाख ८ हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले ५४ हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने  कम्पनीका कर्मचारीलाई २१ हजार ६ सय कित्ता शेयर छुट्याएको छ । बाँकि रहेको ८ लाख ९६ हजार ४ सय कित्ता शेयरको लागि सर्बसाधारणलाई आवेदन दिन सक्ने छन् ।

आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ हजार ९ सय ९० कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ   । शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग बिक्रि प्रबन्धक रहेको छ  ।

कम्पनीले दोलखाको सदरमुकाम चरिकोटवाट करिव १७ किलोमिटर उत्तर कालिञ्चोक गाउँपालिकामा ३८४२ मिटरको उचाईमा रहेको कालिञ्चोक भगवती मन्दिरमा केवलकार संचालन् गरिरहेको छ ।

Share

spot_img

Latest Updates

Related Articles

आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्र सँगसँगै छौँ -प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार...

रवि लामिछानेलाई सांसद पदबाट निलम्वन गर्न पत्रचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम रास्वपा संसदीय दलका नेता रवि लामिछानेलाई सांसद...

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको...

वैदेशिक व्यापार सुधारोन्मुख

काठमाडौँ । वैदेशिक व्यापारमा विस्तारै सुधार आउन थालेको छ । भन्सार विभागले आइतबार सार्वजनिक...