18.1 C
Kathmandu
 

मायाखोला हाइड्रोपावरको आइपीओ बजारमा

काठमाडौ – मायाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आज माघ १३ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको छ। कम्पनीले सर्बसाधारणलाई १९ लाख ९२ हजार कित्ता सर्वसाधारणलाई निष्काशन गरेको हो ।

कम्पनीले १० लाख कित्ता आयोजना प्रभावितलाई निष्काशन गरि बाँडफाँड गरिसकेको छ । त्यस्तै श्रम स्वीकृति लिई विदेशीमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४०  हजार कित्ता निष्काशन गरि बाँडफाँड गरिसकेको छ । कम्पनीले १ लाख २० हजार कित्ता सामुहिक लगानी कोषलाई बाँडफाँड गरेको छ भने  कम्पनीका कर्मचारीलाई ४८ हजार कित्ता शेयर छुट्याएको छ। कम्पनीले बाँकि रहेको १९ लाख ९२ हजार कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्न लागेको हो  ।

यस निष्काशनमा सर्बसाधारणले माघ १७ गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ता कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्रि प्रबन्धक रहेको छ  ।

माया खोला हाईड्रोपावर कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित मायाखोलामा १४.९ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।  आयोजनाको पति मेगावाट लागत २० करोड १३ लाख रहेको छ ।

 

Share

spot_img

Latest Updates

Related Articles

आर्थिक विकासका लागि सरकार र नीजि क्षेत्र सँगसँगै छौँ -प्रधानमन्त्री ओली

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक विकास र समृद्धिका लागि सरकार...

रवि लामिछानेलाई सांसद पदबाट निलम्वन गर्न पत्रचार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति एवम रास्वपा संसदीय दलका नेता रवि लामिछानेलाई सांसद...

वैदेशिक सहायता प्राप्‍तिमा उल्लेख्य वृद्धि

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्‍त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको...

वैदेशिक व्यापार सुधारोन्मुख

काठमाडौँ । वैदेशिक व्यापारमा विस्तारै सुधार आउन थालेको छ । भन्सार विभागले आइतबार सार्वजनिक...