काठमाडौं । भारतले नेपाललाई कोटामा उपलब्ध गराएको गहुँ नेपाली उद्योगहरुले आयात गर्न थालेका छन्।
भारत सरकारले उपलब्ध गराएको ५० हजार टन गहुँबाट सरकारले २६ स्वदेशी उद्योगलाई ३२ हजार ९५३ टन गहुँको कोटा वितरण गरेको थियो।
बाँकी गहुँको कोटा आयातकर्ता व्यवसायीलाई दिइएको छ। नेपालमा अहिले चक्की आँटाको मूल्य खुद्रा बजारमा प्रति किलो ९५ देखि १०० रुपैयाँ छ।
एक हप्ताभित्रै यसको मूल्य किलोको ८५ देखि ९० रुपैयाँ पर्ने उद्योगीहरुको दाबी छ। त्यस्तै, मैदाको मूल्य ९० देखि ९५ बाट ७५ देखि ८० र सुजीको मूल्य किलोको ११० बाट ९० देखि ९५ हुने प्रक्षेपण उद्योगीले गरेका छन्।